Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी-२० लिग : बेटिङको आशंकामा अनुसन्धान गर्दै सिआइबी

    नेपाल टी-२० लिग : बेटिङको आशंकामा अनुसन्धान गर्दै सिआइबी

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 960
    SHARES

    काठमाडौं । नेपाल टी-२० लिगमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान थालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी नेपाल टी-२० लिगमाथि सिआइबीले आन्तरिक रूपमा अनुसन्धान गरिरहेको हो।

    यस लिगमा बेटिङ र स्पट फिक्सिङ समेत भइरहेको आरोप लागेको छ। यसबारेमा सिआइबीमा समेत उजुरी परेको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीले बताए ।



    उजुरी परेसँगै सिआइबीले अनुसन्धान गरिरहेको छ। एआइजी सुवेदीका अनुसार यो लिगमाथि अनुसन्धान गर्न सिआइबीका प्रहरी नायब उपरीक्षक डिएसपी कै कमान्डमा टोली खटिएको छ।



    तर अहिलेसम्म यसबारे केही प्रमाण फेला परिनसकेको एआइजी सुवेदीले बताए। नेपाल टी-२० लिगका आयोजना गर्न नेपाल क्रिकेट संघ क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई छ।

    वान एक्स ब्याट लिगको प्रायोजक छ। जुन बेटिङ कम्पनी वान एक्स बेटको सहायक कम्पनी हो। फिक्सिङकै आशंकामा कमेन्टेटर सचिन तिमल्सेनाले पनि यो लिग छाडेका छन्।

    १० दिन कमेन्ट्री गरिसकेका उनले सामाजिक सञ्जालमा एक भिडिओ पोष्ट गर्दै लिग छाडेको जानकारी दिएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार