Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी अधिनस्थ दोनेत्स्क क्षेत्रमा ४०० रुसी सेना मारिएको युक्रेनको दाबी

एजेन्सी । युक्रेनले रुसी अधिनस्थ दोनेत्स्क क्षेत्रमा एउटा क्षेप्यास्त्र प्रहार गरी करिब चार सय रुसी सैनिकको ज्यान लिएको दाबी गरेको छ ।

रुसी फौज बसिरहेको विश्वास गरिएको माकिभ्का सहरको एउटा भवनमा लक्षित गरेर क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

सो क्षेप्यास्त्र प्रहारबाट ४०० रुसी सैनिकको मृत्यु र अन्य तीन सय घाइते भएको युक्रेनले दाबी गरेको हो ।

दाबी गरिएअनुसार मृतकको संख्या पुष्टि हुन सकेको छैन । रुस समर्थित सरकार निकायले सेनाको हताहतिबारे पुष्टि गरेपनि मारिनेको यकिन तथ्यांक सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077