Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी एकताका लागि एकीकृत समाजवादी र जनता समाजवादीबीच छलफल जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकता गर्न छलफल भएको छ ।

एकीकृत समाजवादीको सोमबारदेखि काठमाडौंमा सुरु बैठकको पहिलो दिनको अन्त्यमा पत्रकारहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यसबारे जानकारी दिएका हुन् ।

पत्रकारहरुले जनता समाजवादीसँग एकता वार्ता अघि बढेको हो भनेर राखेको जिज्ञासामा खतिवडाले आफूहरु अहिले छलफलमा रहेको खुलाए।

प्रवक्ता खतिवडाले भने, ‘उहाँले कति राम्रो कुरा गर्नुभएछ। एकता भए आश्चर्य नमान्नु होला भनेको मानसिकता बनाइराख्नु भनेको हो, हामी छलफलमै छौं।’ केही दिनअघि जनता समाजवादी पार्टीका प्रवक्ता मनीष सुमनले पनि दुई समाजवादीबीच एकता भए आश्चर्य नहुने बताएका थिए।

प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० र जसपाका १२ जना सां‌सद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077