Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार निर्माण गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    मन्त्रालयको सभाकक्षमा आपतकालीन द्वार निर्माण गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 663
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपत्कालीन द्वार (इमर्जेन्सी एक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिएका छन् ।

    सोमबार गृह मन्त्रालयमा बसेको २५औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरण आफैंबाट सुरुवात गर्नुपर्ने भन्दै सो निर्देशन दिएका हुन् ।



    लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माणसम्बन्धी मापदण्ड पालना गराउने कार्यमा कडाइ गर्न पनि स्थानीय निकायलाई आग्रह गरे ।



    भवन निर्माणसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन सके भूकम्पीय जोखिम न्यूनीकरणका लागि धेरै ठूलो योगदान पुर्‍याउन सकिने उनको भनाइ थियो ।

    उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विद्यालय, कलेज, पार्टी प्यालेस, सभाहलको निर्माणमा ध्यान दिन पनि सचेत गराए ।

    उपप्रधानमन्त्री लामिछानेले भूकम्पीय जोखिम न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन सूचना र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्ने आवश्यक्ता समेत औंल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार