Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • कतार पठाईदिन्छु भन्दै डेढ लाख बढी ठगी गर्ने भण्डारी पक्राउ

    कतार पठाईदिन्छु भन्दै डेढ लाख बढी ठगी गर्ने भण्डारी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 651
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कतार पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका १० घर भई किर्तिपुर नगरपालिका १६ बस्ने ३२ वर्षिय हेमसागर भण्डारी रहेका छन् ।



    पक्राउ परेको भण्डारीले समिर तामाङलाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि कतार पठाई दिने भन्दै एक लाख ७२ हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।



    भण्डारी ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो । पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आचार्यलाई आज नयाँबानेश्वरबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका आचार्यलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार