Online Nepal
  • बुधबार, १० पुष २०८१
  • आईस्पानले भन्यो – जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्छ

    आईस्पानले भन्यो – जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्छ

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 753
    SHARES

    काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान)ले नेपाल विद्युत प्राधिकरणका कारण जुनसुकै बेला पनि इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएका छन्।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रुपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरुको मागका विषयमा पनि कुनै सुनुवाइ नभएकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको हो ।



    प्राधिकरणको भाडादरको कारण उपभोक्तालाई समेत असर पर्ने भएकाले र डिजिटल नेपालको मर्मविपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भएर प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आईस्पानको आरोप छ ।



    पत्रकार सम्मेलनमा आईस्पानका अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताए ।

    उनले विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती ६०० देखि ७०० प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको समेत उल्लंघन भएको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार