Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झलनाथ खनालको दस्तावेज - वामपन्थीबीच कार्यगत एकता भए सरकारमा जान सकिन्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पोलिटब्युरो बैठकमा लिखित प्रस्ताव पेश गरेका छन् ।

खनालले शनिबार भएको स्थायी कमिटीको बैठक मौखिक रुपमा राखेको धारणालाई सोमबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा लिखित प्रस्ताव रुपमा लगेका हुन् ।

उनले वामपन्थी दलहरुबीच कार्यगत एकता भए सरकारमा सहभागी हुन सकिने बताएका छन् । लिखित प्रस्ताव राख्दै नेता खनालले कसैसँग पार्टी एकता भइहाल्ने अवस्था नभएको बताएका छन् ।

१० पृष्ठको देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोणमा खनालले भनेका छन्, 'सबै वामपन्थीहरुका आ‐आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त छन ।

तिनीहरुमा भिन्नता पनि निक्कै गहिरा गहिरा छन् । तिनीहरूलाई अहिले मिलाउन र एकरुपता कायम गर्न सकिँदैन । यतिबेला भिन्नताहरुलाई एकातिर राखेर साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प छैन ।

त्यसैले जनता, राष्ट्र र देशका साझा हितहरूलाई अघि बढाउन सबै वामपन्थीहरुकाबीच कार्यगत एकता आजको आवश्यकता हो ।'

खनालले पार्टीमा माथिदेखि तलसम्म ‘एक पद एक व्यक्ति’ प्रणाली कडाइका साथ लागू गर्न प्रस्ताव गरेका छन् । उनले सबैलाई ठोस जिम्मेवारीमा केन्द्रित बनाउनसमेत प्रस्ताव राखेका छन् ।

नेकपा एसका सम्मानित नेता खनालले माधव नेपालले केपी ओलीविरुद्ध उठाएको हतियार उनैतिर सोझ्याएका हुन् । ओलीले दलको नेता, प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि नेपालले एक व्यक्ति एक पदको कुरा उठाएका थिए ।

यस्तो छ खनालको १० पृष्ठको दस्तावेजे :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077