Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप बने २०२२ मा सर्वाधिक विकेट लिने दोस्रो खेलाडी

काठमाडौं । सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीमध्ये सन्दीप लामिछाने दोस्रो नम्बरमा रहेका छन् ।

सन्दीपले ३२ खेलमा ६६ विकेट हात पारेका हुन् । क्रिकइन्फोका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीपले सन् २०२२ मा जम्मा ६६ विकेट हात पारेका थिए ।

ससन्दीपले एकै खेलमा सर्वाधिक ५ विकेट हात पारेका थिए । सबैभन्दा धेरै विकेट लिनेमा भने वेस्ट इन्डिजका अल्जारी जोसेफ रहेका छन् ।

उनले सर्वाधिक ७० विकेट हात पारे । जोसेफले ४१ इनिङ्समा ७० विकेट लिए । न्यूजिल्यान्डका टिम साउथीले सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो नम्बरमा रहेका छन् । उनले ६५ विकेट लिए । साउथीले ३९ इनिङ्समा ६५ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077