Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • पर्सा राष्ट्रिय निकुञ्जबाट हतियार र नगदसहित ५ जना सिकारी पक्राउ

    पर्सा राष्ट्रिय निकुञ्जबाट हतियार र नगदसहित ५ जना सिकारी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 1.2K
    SHARES

    बारा । पर्सा राष्ट्रिय निकुञ्जको गस्ती टोलीले वन्यजन्तु चोरी सिकारी गरिरहेको अवस्थामा ५ जनालाई नियन्त्रण लिएको छ । निकुञ्जको पर्सा क्षेत्रको गरुणालाईन नजिकैबाट ५ जनालाई बन्दोबस्तीका सामानसहित नियन्त्रण लिएको हो ।

    उनिहरुको साथबाट २ लाख ९० हजार ६७० नगद रकम, ल्याडक्रुजर र बोलेरो गाडी, मृत पोथी जरायो, भाले जरायोको सिङ, १२ बोरको बन्दुक १ थान, १२ बोरको गोली राउन्ड १, हतियार राख्ने झोला २ वटा,



    हतियारको अन्य डकुमेन्ट, नाईट भिजन क्यामेरा, टेलिस्कोप, रबरको टेलिस्कोप, ब्याट्री कर्पाटमेन्ट, टर्च लाईट, मोबाईल ९आईफोन० ३ थान, मदिरा र अन्य कागजपत्रसहित नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ ।



    वन्यजन्तु चोरी सिकारीमा संलग्न काभ्रेपलाञ्चोक जिल्ला साविक नासिका गाविस घर भएका अन्दाजी ५७ वर्षका दामोदर अधिकारी,

    बारा जिल्ला साविक प्रसौना गाविस अकुनिया गाउँका ४६ वर्षीय विशाल सहनी, बारा प्रसौनी १ का ३७ वर्षीय कापस दास थारु, बारा सखुवा प्रसौनीका ४४ वर्षीय नवराज बस्नेत र खिटावल गाविस ८ टावलका ५२ वर्षीय मालदोङ तामाङ रहेको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

    यसअघि मकवानपुर क्षेत्रमा वन्यजन्तु सिकारीसँग निकुञ्ज सेनाको दोहोरो फाईरिङ समेत भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार