Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी-२० लिग : पोखरालाई काठमाडौंको १६५ रनको लक्ष्य

    नेपाल टी-२० लिग : पोखरालाई काठमाडौंको १६५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 495
    SHARES

    काठमाडौं । इंग्लिस ब्याटर एलेक्स ब्लेकको विष्फोटक ब्याटिङमा काठमाडौं नाइट्सले नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।

    टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।



    काठमाडौंका लागि एलेक्स ब्लेकले २८ बलमा ६४ रनको अर्धशतकीय ईनिङ खेले ।



    उनले २३ बलमा अर्धशतक बनाएका हुन् । उनले ३ चौका र ७ छक्का प्रहार गरे । सुनाम गौतमले ४५ तथा विरनदिप सिंहले ३२ रन बनाए ।

    पोखराका लागि तुलबहादर थापाले २ तथा प्रतिस जिशि र कुशल मल्लले समान १/१ विकेट लिए ।

    पाँच खेल खेलेर ३ जित तथा २ हार हात पारेर ६ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

    सात खेलमा दुई जित हात पारेको पोखरा चार अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार