Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यो खिचडी सरकारमा सहभागी हुन हामीलाई जरुरी छैन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकारलाई समर्थन माग गर्दै कुनै प्रस्ताव नआएको बताएका छन्।

नेता खनालले सरकारले समर्थनका लागि औपचारिक प्रस्ताव गरेमा मात्रै त्यसबारे छलफल गरेर आवश्यक निर्णय गरिने बताएका हुन् ।

उनले भने, 'सरकारलाई समर्थन चाहिएको हो भने पार्टीमा औपचारिक रुपमा प्रस्ताव आउनुपर्‍यो।

माग्दै नमागेको समर्थन हामीले किन दिने हो?  यो खिचडी सरकारमा हामीलाई सहभागी हुन जरुरी छैन। पुसको बेलामा खिचडी खान ठीक पनि हुँदैन।'

गत पुस १३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालालई भेटेर आफू नेतृत्वको सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077