Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रालयका सचिवहरूको बैठक

    प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रालयका सचिवहरूको बैठक

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 552
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् ।

    उनले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् ।



    सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।



    पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो । शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए ।

    उनले बधाई तथा शुभकामनाका लागि समय माग नगर्न बरु सरकारको कामलाई प्रभावकारी कसरी बनाउने भनेर सचिवालय मार्फत सुझाव दिन आग्रहसमेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार