एजेन्सी । टोटेनहम इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग पराजित भएको छ ।
आइतबार राति भएको खेलमा एस्टनले टोटेनहमलाई २–० ले हराएको हो ।
एस्टनको जितमा ईमी बुएन्डिया र डग्लास लुइजले एक–एक गोल गरे । खेलको ५० औं मिनेटमा बुएन्डियाले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा लुइजले गोल गर्दै एस्टनलाई २–० को जित दिलाए । जितसँगै एस्टनले १७ खेलमा २१ अंक जोडेको छ ।
Leave a Reply