एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार फ्रान्सेली लिग वानमा लयमा रहेको लेन्ससँग ३–१ ले पराजित भएको छ । पीएसजी मार्चयता पराजित भएको यो पहिलो अवसर हो ।
अर्कोतर्फ लेन्स भने यस सिजन लिगमा एकपल्ट मात्र पराजित रहेको छ । आइतबारको खेलको पाँचौं मिनेटमा नै लेन्सले अग्रता लिएको थियो ।
तर, आठौं मिनेटमा पीएसजीका ह्युगो एकिटिकेले खेललाई बराबरीमा ल्याए पनि खेलको २८ औं र ४७ औं मिनेटमा गोल गर्दै लेन्सले महत्वपूर्ण तीन अंक हात पारेको हो ।
यस खेलमा लियोनल मेसी र नेयमार दुवैले पीएसजीका खेलेनन् । मेसी विश्वकप सफलतापछि अझै आराम गरिरहेका छन् भने नेयमार यसअघिको खेलमा प्राप्त रातो कार्डका कारण टिममा रहेनन् ।
जारी सिजनमा यो पीएसजीको पहिलो हार हो। हारका बाबजुद पीएसजी लिगको शीर्षस्थानमा छ। उसले १७ खेलबाट ४४ अंक हात पारेको छ। समूहको दोस्रो स्थानमा रहेको लेन्सले समान खेलबाट ४० अंक हात पारेको छ।
Leave a Reply