Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपा राजनीतिक समितिको बैठक आजदेखि, यस्ता छन् एजेण्डा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आज सोमबार बस्दैछ ।

ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा विहान ११ बजेदेखि बस्ने बैठक मंगलबारसम्म चल्नेछ । बैठकमा पार्टीको आन्तरिक विषयमा समेत छलफल हुनेछ ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, चुनावको समीक्षा, विधान अधिवेशन, सरकारको न्युनतम साझा कार्यक्रम, सरकारमा सहभागिता र दलहरुसँग एकताका लागि वार्ता समिति गठन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

दलको कार्यकारिणी समितिको बैठकले तय गरेका एजेण्डाहरुमा राजनीतिक बैठकमा निर्णय हुने सो दलका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077