Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइराला भन्छन् - नीति अधिवेशन अविलम्ब गर्नुपर्छ

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन् ।

बिपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उनले यस्तो माग गरेका हुन् ।

महामन्त्रीहरूले नेतृत्वसँग नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने नभइ गराउनेतर्फ पहल सुरु गर्नुपर्ने उनको भनाई छ ।

नेपाली जनता प्रजातन्त्रविना बाँच्न नसक्ने भन्दै नेता डा. कोइरालाले नेकांले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077