काठमाडौं । नेपाल आयल निगमले हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।
भारतबाट केही मूल्य बढेर आएपनि समग्रमा निगम पाक्षिक ९९ करोड नाफामा रहेकाले हाललाई इन्धनको मूल्य यथावत राख्ने भएको हो । आइतबार मात्रै आईओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ ५४ पैसा बढाएर पठाएको छ ।
यस्तै डिजेलमा २ रूपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रूपैयाँ १३ पैसा र एलपी ग्यासमा ७८ रूपैयाँ २२ पैसा बढाएर आएको निगमले जनाएको छ। त्यस्तै, मट्टितेलको भाउ भने केही घटेर आएको निगमले जनाएको छ।
एक विज्ञप्ति जारी गर्दै निगमले भनेको छ ‘भारतीय आयल कर्पोरेसनको बक्यौता नेपाल सरकारको ऋण व्यवस्थापन चुनौतिपूर्ण अवस्था रहेकाले हाललाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत राखिएको छ ।’ अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि आईओसीले पनि मूल्य बढाएर पठाएको निगमले जनाएको छ ।