पोखरा । निर्माण सुरु गरिएको साढे ५ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।
आइतबार पोखरा विमानस्थलमा यति, बुद्व, सौर्य, गुण एयरलाइन्सले उडान गरेका छन्।
विमानस्थल आजदेखि सञ्चालनमा आएपनि फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा चल्ने बताइएको छ ।
यो विमानस्थल २०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । चिनियाँ ऋण उपलब्ध यस आयोजना निर्माणमा करिब २२ अर्ब रुपैयाँ खर्च भएको छ ।
विमानस्थलमा २ हजार ५०० मिटर लम्बाई र ४५ मिटर चौडाईको धावनमार्ग छ ।
यस्तै, आजदेखि पोखरा विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ ।
Leave a Reply