Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

झापा । झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो । गएराति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो।

हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन् । त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो । हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।

घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । श्रीमान् शान्तिरामको उपचार जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077