Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सुदूरपश्चिममा माओवादी दलको नेतामा रस्साकस्सी, खगराज र ओमविक्रमबीच जुटेन सहमति

    सुदूरपश्चिममा माओवादी दलको नेतामा रस्साकस्सी, खगराज र ओमविक्रमबीच जुटेन सहमति

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 792
    SHARES

    कैलाली । नेकपा (माओवादी केन्द्र) लाई सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयन गर्न सकस परेको छ । संसदीय दलको नेतामा दुई जनाले दाबी नछाडेपछि संसदीय दलको नेता चयन गर्न सकस परेको हो ।

    दलको नेता चयनका लागि शनिवार दिउँसो संसदीय दलको बैठक बसेको थियो । संसदीय दलको कार्यालयमा करिब ३ घण्टा चलेको बैठकमा सहमति नजुटेको बताइएको छ । संसदीय दलको नेतामा दुई जना आकांक्षी देखिएका छन् ।



    स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट र केन्द्रीय सदस्य ओमविक्रम भाटले संसदीय दलको नेतामा दाबी गरेका छन् । भट्ट र भाटको बिचमा मात्र पनि छलफल भएको थियो।



    सुदूरपशिममा माओवादीका ११ जना प्रदेश सभा सदस्य छन् । शनिवार सहमति नजुटेपछि आइतवार बिहान ९ बजे पुनः बैठक बस्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार