Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी वागमती संसदीय दलको नेतामा जमरकट्टेल

काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् ।

प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो ।

पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको नाम सर्वसम्मत पारित भएको जनाईएको छ । संसदीय दलको नेतामा जमरकटेलको नाम प्रस्तुत भएपछि सरल सहयात्री बैठक कक्ष छोडेर बाहिरिएका छन् ।

दलको नेतामा अर्का प्रदेश सांसद सहयात्रीले पनि दावी गरेका थिए । संसदीय दलको नेता बनाउन चुनाव नगर्ने, सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए ।

प्रचण्डको निर्देशनपनि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाल लगायत खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077