काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले आफूलाई हातपात गर्न कोशिस नगरेको प्रष्टीकरण दिएका छन् ।
शनिबार उनले ट्वीटरमार्फत आफूहरुबीच मुद्दामा फरक तरिकाले बहस मात्र भएको बताएका हुन् ।
उपसभापति खड्काले लेखेका छन्, ‘बालुवाटारमा पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले मलाई झम्टेको, हातपात गर्न कोशिस गरेको भनी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा केहि दिनदेखि सम्प्रेषण भएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
यो कुरा सत्य होइन । केही मुद्धामा फरक तरिकाको बहस हामी साथीहरूका बीच भएको मात्र हो ।’
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सरकारी निवास बालुवाटारमा पार्टी प्रवक्ता र आफ्नो विषयमा सामाजिक सञ्जालमा आएका विषय सत्य नभएको पनि उनले बताएका छन् ।
Leave a Reply