Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने- यो कार्यकाल भाषण कम, काम धेरै गर्ने पक्षमा छु

    प्रधानमन्त्री प्रचण्डले भने- यो कार्यकाल भाषण कम, काम धेरै गर्ने पक्षमा छु

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 624
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो यो कार्यकालमा भाषण कम गर्ने बताएका छन्।

    चितवनको भरतपुर महानगरपालिका-१० स्थित नारायणी नमुना माध्यामिक विद्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भाषण कम काम धेरै गर्ने बताएका हुन्।



    उनले भने ,‘मैले बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन यो कार्यकाल । म भाषण कम काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु ।’



    उनले अहिले सुशासन र विकासको पक्षमा काम गर्दै नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे।

    उनले आफ्नो शपथ ग्रहणपछि बसेको क्याबिनेटको निर्णयले पनि अर्थतन्त्रको सुधार र जनताले पाउँदै आएको सास्तीबाट मुक्त गर्ने बताए।प्रधानमन्त्री प्रचण्डले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिवद्धता गरेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार