काठमाडौं । नेपाल टी–२० लिगमा पोखरा एमेन्जर्सले सहज जित निकालेको छ । शनिबार भएको खेलमा पोखराले लुम्बिनी अल स्टारमाथि ९ विकेटको जित निकालेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १२८ रनको लक्ष्य पछ्याएको पोखराले १८ ओभर २ बलमा एक विकेट गुमाउँदै पूरा गर्यो ।पोखरका लागि आसिफ शेखले अविजित रहँदै ७७ रनको अर्धशतकीय पारी खेले ।
६२ बल खेलेका उनले ९ चौका प्रहार गरे । त्यस्तै आरिफ शेखले २६ रन बनाउँदा सुमित महर्जनले १३ रनको योगदान गरे । बलिङतर्फ लुम्बिनीका लागि किशोर महत्वले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै १२७ रन बनाएको थियो । लुम्बिनीका लागि हर्मित सिंहले सर्वाधिक ३८ रन बनाए ।
त्यस्तै साड्ले भानले १६ रन बनाउँदा सुनिल धमलाले १५ रनको योगदान गरे । बलिङतर्फ पोखराका लागि विपिन कार्की र जहिर खानले तीन–तीन विकेट लिए । त्यस्तै आरिफ शेख, तुल थापा र शिद्धान्त लोहनीले एक–एक विकेट लिए ।
जितसँगै पोखराले ७ खेलमा ४ अंक जोडेको छ । पोखरा तालिकाको पाँचौं स्थानमा छ । पराजित लुुम्बिनी ६ खेलबाट १० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।
Leave a Reply