Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको हो ।

बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिबारे बेलैमा विचार नगर्दा अप्रत्याशित घटना भइ गठबन्धन भंग भएको बताए ।

उनले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने/नजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ ।

यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागी हुने वा नहुने भन्नेबारेमा भुगोलका नेताहरूसँग छलफल गरेका थिए । स्थायी कमिटीको बैठक अहिले पार्टी कार्यालयमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077