काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ।
सरकारमा जसपा सहभागिता, पार्टीले निर्वाह गर्ने भूमिका र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुने-नहुने तय हुन बाँकी छ।
आजको बैठकमा पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकका एजेण्डा पनि तय गर्ने छ। बैठकले विधान महाधिवेशनबारे पनि छलफल गर्ने बताइएको छ।
Leave a Reply