काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेलगत्तै गृहमन्त्री रवि लामिछाने बालकोट पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका हुन्।
ओली र लामिछानेबीच सरकारका नीति तथा कार्यक्रम, प्रधानमन्त्रीको विश्वासको मत, मन्त्रीमण्डल विस्तार र शक्ति बाँडफाँडको विषयमा छलफल भइरहेको छ।
प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री लामिछानेबीच शनिबार बिहान समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
गृहमन्त्री लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच कसरी पुर्याउन सकिन्छ, सरकारका काम कारबाही प्रभावकारी ढंगले कसरी सञ्चालन गर्ने भन्ने बारेमा पनि प्रधानमन्त्रीसँग छलफल गरेका छन्।
सरकारका नीति तथा कार्यक्रम र आगामी रणनीति, शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडको विषयमा प्रचण्ड-ओली र लामिछानेबीच निरन्तर संवाद भइरहेको छ। नयाँ सत्ता गठबन्धनमा एमाले पहिलो, माओवादी दोस्रो र रास्वपा तेस्रो दल हो।
Leave a Reply