Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल

    सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन गृहमन्त्री र प्रधानमन्त्रीबीच छलफल

    अनलाइन नेपाल
  • शनिबार, १६ पुष २०७९
  • 594
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल भएको हो ।

    आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न सक्ने वातावरण बनाउन भन्दै छलफल गरे । हाल सिंहदरबार प्रवेशका लागि पासको व्यवस्था गरिएको छ ।



    साथै भेटका क्रममा कोरोना संक्रमण व्यवस्थापनका लागि सीमा क्षेत्रमा सावधानी अपनाउने, हवाई र स्थलमार्गबाट आउने पर्यटकलाई ध्यानमा राखी स्वास्थ्य डेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने विषयमा छलफल भएको जनाइएको छ ।



    तराईमा शीत लहर र हिमाली क्षेत्रमा हिमपातको व्यवस्थापन सहज रुपमा गर्न आवस्यक तयारी गर्ने विषयमा पनि छलफ भएको छ । भेटका क्रममा गृहमन्त्री लामिछानेले राजस्व चुहावट नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रालयसँग समन्वय गरी काम अघि बढाउने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार