Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • इन्गेजमेन्ट टुटेपछि आत्मदाह प्रकरण : अभियुक्त सुधन संग्रौला जेल चलान

    इन्गेजमेन्ट टुटेपछि आत्मदाह प्रकरण : अभियुक्त सुधन संग्रौला जेल चलान

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । आत्महत्या दुरुत्साहन मुद्दामा सुधन संग्रौला जेल चलान भएका छन् । बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले आत्मदाह गरेको प्रकरणमा जिल्ला अदालत काठमाडौंले संग्रौलालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

    काठमाडौं-१० बानेश्वर बुद्धनगर बस्ने २७ वर्षीय पुष्पाको काठमाडौं-४ धुम्बाराहीका सुधनसँग गत भदौ १८ गते इन्गेजमेन्ट भएको थियो ।



    उनीहरूबीच गत माघदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ । न्यौपानेले गएको मंसिर १८ गते साँझ धुम्बाराहीस्थित सुधन संग्रौलाको घरको गेटैमा पुगी पेट्रोल खन्याएर आत्मदाह गरेकी थिइन् ।



    झापा पुर्ख्यौली घर भएका सुधन र पुष्पाबीच विवाह गर्ने भनेर टीकाटालो समेत भएको थियो । १७ गते सुधनको परिवारले सुपारी फिर्ता गरी एकतर्फी रूपमा इन्गेजमेन्ट तोडेका थिए । त्यसको भोलिपल्टै पुष्पाले आत्मदाह गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार