चितवन । नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले रणनीति मिलाउन नसक्दा सरकार गुमाउनु परेको टिप्पणी गरेका छन् ।
आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।
पार्टीले रणनीति नमिलाएर यो दुर्घटना भएको उनको जिकिर छ । पहिले नै रणनीति मिलाएको भए गठबन्धन कायम रहने उनको भनाइ थियो ।
गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलेको उनले बताए ।
“ठूलो पार्टीको नाताले पहिलो पटक नै प्रधानमन्त्री बन्छु कि भन्ने सोचका कारण समस्या आयो,” उनले भने ।
Leave a Reply