Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • मन्त्रीमण्डलको वरिताक्रमले माओवादी केन्द्रमा लफडा

    मन्त्रीमण्डलको वरिताक्रमले माओवादी केन्द्रमा लफडा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 1K
    SHARES

    काठमाडौं । गठबन्धनका शीर्ष नेता सरकारमा कसलाई कुन मन्त्रालय दिने भागबण्डा मिलाउने गृहकार्यमा जुटेका छन्। नेकपा माओवादी केन्द्रमा भने सरकारमा सहभागी हुने मन्त्रीको वरियतामा लफडा सुरु भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विष्णु पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी दिएर पहिलो वरियतामा राखेपछि अर्का उपप्रधानसहित भौतिक मन्त्रीको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् ।



    रियताक्रममा को ठूलो भन्ने विषयले अनौपचारिक रुपमा गठबन्धनभित्र प्रवेश पाएको छ। नवगठित मन्त्रीमण्डलमा प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वरियताको पहिलो नम्बरमा छन्।



    प्रधानमन्त्री प्रचण्डपछिको वरियतामा आफूलाई राख्नुपर्ने श्रेष्ठले आफू निकट नेताहरूसँग गुनासो गर्ने गरेका छन् । त्यस्तै दोस्रो बरियताक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णु पौडेल छन्।

    उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठ तेस्रो वरियताक्रममा छन्। चौथो वरियताक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने छन्।

    कार्यभार नतोकिएका ज्वालाकुमारी साह पाँचौं, दामोदर भण्डारी छैटौँ, राजेन्द्रकुमार राई सातौँ र अब्दुल खान आठौँ वरितामा छन्।

    यो वरियता क्रममा तेस्रो नम्बरमा रहेका नेकपा माओवादीका नेतासमेत रहेका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठको असन्तुष्टि रहेको स्रोतले जनाएको छ ।

    शपथ ग्रहणपछि कार्याभार सम्हाल्न मन्त्रालय पुगेका श्रेष्ठ त्यसपछि गएका छैनन्। मन्त्री श्रेष्ठले मन्त्रालय नजानुको कारण भने आफू अस्वस्थ रहेको बताउँदै आएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार