Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • चिनियाँ प्रधानमन्त्री लीले प्रचण्डलाई पठाए बधाइ पत्र, विकास र समृद्धीमा चीनको पूर्ण साथ रहने

    चिनियाँ प्रधानमन्त्री लीले प्रचण्डलाई पठाए बधाइ पत्र, विकास र समृद्धीमा चीनको पूर्ण साथ रहने

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 837
    SHARES

    काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाइ दिएका छन्।

    चिनियाँ प्रधानमन्त्री लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाइ पत्र पठाएका हुन्।



    प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै कार्यकाल सफल हुने आशा व्यक्त गर्दै नेपालको स्थायीत्व, विकास र समृद्धी चीन सँधै साथमा रहने बताएका छन् ।



    लीले नेपालस्थित चिनियाँ दूतावासमार्फत प्रचण्डलाई बधाइ पत्र पठाएका थिए । दूतावासले प्रधानमन्त्रीलाई उक्त पत्र शुक्रबार हस्तान्तरण गरेको हो ।

    पत्रमा लीले चीन प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको भन्दै दुवै मुलुकका जनताका लागि रणनीतिक साझेदारी कार्यक्रमलाई अघि बढाउने अपेक्षा समेत व्यक्त गरेका छन् ।

    नेपाल र चीन परम्परागत मित्र रहेको र एकअर्काको सम्मान गदै समान हैसियतमा दुई मुलुक अघि बढनु पर्ने चिनियाँ प्रधानमन्त्री लीले समकक्षी प्रचण्डलाई पठाएको पत्रमा उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार