Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 750
    SHARES

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
    राजदूत श्रीवास्तवले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनुभएको बधाई पत्र प्रधानमन्त्री दाहालसमक्ष हस्तान्तरण गरेका थिए ।

    भेटमा नेपाल र भारतबीचको सम्वन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको बताइएको छ। प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्ड र भारतीय राजदूतबीच पहिलोपटक औपचारिक भेटवार्ता भएको हो ।



    प्रचण्ड यही पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । प्रचण्ड प्रधानमन्त्री भएलगत्तै माेदीले सामाजिक सञ्जालमार्फत बधाई दिएका थिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार