काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत लुम्बिनी अल स्टार्सले लगातार पाँच खेल जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गर्दै पाँचौं जित हात पारेको हो ।
लुम्बिनीले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रनमात्र जोड्यो । काठमाडौँका लागि अजमातुल्लाह ओमारजाईले ३८ तथा सुनम गौतमले १८ रन बनाए ।
लुम्बिनीका लागि हरमित सिंहले सर्वाधिक ३ विकेट हात पारे । किशोर महतो, साड्ली भान, तलिभ भण्डारी तथा ह्यारी टेक्टरले एक(एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन जोड्यो । लुम्बिनीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० तथा लाहिरु मिलान्थाले २५ रन जोडे ।
काठमाडौँका लागि अजमातुल्लाह ओमारजाईले सर्वाधिक २ विकेट हात पार्दा अविनाश बोहरा, अनिल खरेल, बसिर अहमद, सुनम गौतम र अलेक्स ब्लेकले एक(एक विकेट लिए । काठमाडौँको यो दोस्रो पराजय हो ।
Leave a Reply