Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेश सभा सदस्यले आज शपथ लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

सुरुमा प्रदेश सभाका ज्येष्ठ सदस्य, ६८ वर्षीय मानबहादुर रावलले शपथ लिने कार्यक्रम छ ।

रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ लिएपछि दिउँसो साढे १ बजे प्रदेशसभा भवनमा अन्य ५२ जना प्रदेश सभा सदस्यहरुको शपथ हुनेछ । प्रदेश सभा सचिवालयले शपथ ग्रहणका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिए ।

प्रदेश सभाका ६ जना सांसद्‌ले मातृभाषामा शपथका लागि नाम टिपाएका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९ सांसद् छन्।

यस्तै, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ३, राप्रपाका १ र स्वतन्त्र १ जना सांसद् छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077