Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

छैटौँपटक इजरायलको प्रधानमन्त्री बन्दै बेन्जामिन नेतान्याहु

एजेन्सी । बेन्जामिन नेतान्याहुले इजरायलको छैटौँ प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् ।

लिकुड पार्टीका नेतान्याहुले कट्टर राष्ट्रवादी र कट्टर अर्थोडक्स यहुदी समूहसँग गठबन्धन बनाएपछि फेरि सरकारमा फर्किन लागेका हुन् ।

अन्तर्राष्ट्रिय जगतले भने नेतान्याहु सरकारले प्यालेस्टाइनीहरूसँग द्वन्द्व निम्त्याउने, न्यायपालिकालाई क्षति पुर्‍याउने र अल्पसंख्यकका अधिकारहरूलाई प्रतिबन्ध लगाउने सम्भावनालाई लिएर चिन्ता व्यक्त गरेको छ ।

तर, नेतान्याहुले शान्ति र नागरिक अधिकारको सुरक्षाको अनुसरण गरिने प्रतिबद्धता जनाएका छन् ।

संसद् भवन बाहिर जम्मा भएका सयौँ इजरायलीले बन्न लागेको नयाँ सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077