काठमाडौं । सरकारले हिमाली भेगमा खटिने सशस्त्र प्रहरीका कर्मचारीलाई चिसोबाट बच्न मौसमअनुकूल हुने गरी हिमाली चुस्ता र डाउन ज्याकेट उपलब्ध गराउने भएको छ ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम १६७ मा दिइएको अधिकार प्रयोग गर्दै सो नियमावलीको संशोधनसहित सशस्त्र प्रहरी कर्मचारीहरूलाई हिमाली चुस्ता र डाउन ज्याकेट पाउने व्यवस्था गरेको हो।
यसअघि प्रत्येक तीन-तीन वर्षमा कटन प्याडेट युनिफर्म सुट र ५ वर्षको अन्तरालमा स्नोपार्क ज्याकेट मात्र पाउँदै आएका थिए। यो व्यवस्थासँगै हिमाली क्षेत्रमा कार्यरत कर्मचारी प्रत्यक्ष लाभान्वित हुने प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
नियमावलीमा सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरूले पाउँदै आएको पोशाक तथा अन्य सामानहरूको सम्बन्धमा समेत संशोधन भएको हो ।
Leave a Reply