Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • नेपाल टी-२० लिगमा फार वेस्टलाई पराजित गर्दै जनकपुर दोस्रो स्थानमा

    नेपाल टी-२० लिगमा फार वेस्टलाई पराजित गर्दै जनकपुर दोस्रो स्थानमा

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 576
    SHARES

    काठमाडौं । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई पराजित गर्दै जनकपुर रोयल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

    तेस्रो जित हात पार्ने क्रममा जनकपुरले फार वेस्टलाई ८ विकेटले पराजित गरेको हो ।



    टियु मैदानमा भएको खेलमा फार वेस्टले दिएको १ सय ७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।



    जनकपुरका लागि चाडविक वाल्टनले ४० बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ६९ रनको अर्धशतकीय ईनिङ खेले ।

    फार वेस्टका लागि करण केसीले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनायो ।

    फार वेस्टका लागि करण केसीले १७ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४६ रन बनाए ।

    लुम्बिनी ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुर ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।

    जनकपुरले अव शनिबार विराटनगर सुपर किंग्ससँग खेल्नेछ । फार वेस्ट युनाइटेडले शुक्रबार पोखरासँग खेल्नेछ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार