काठमाडौं । प्रहरीले वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया र अमेरिकालगायतका देशहरू पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१ कुपण्डोल घर भई हाल बुढानिलकण्ठ नगरपालिका ८ ओमनगर बस्ने ४४ वर्षिय राजेश थापारहेका छन् ।
पक्राउ परेका थापाले वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरू पठाई दिने भन्दै १ करोड ६२ लाख ६ हजार ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
थापाले मासिक ३ लाख तलव हुनु को साथै ग्रिनकार्ड, पीआर र हङकङ आईडी समेत बनाईदिने भन्दै प्रति व्यक्ति २५ लाख रुपैयाँ मागेका थिए ।
थापाले रकम लिई भनेको समयभित्र नपई फरार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले थापालाई आज लैनचौरबाट पक्राउ गरेको हो ।
थापामाथि मुलुकी अपराध संहिता २०७४ बमोजिमको कानुनी कारवाही गरी सोही सहिताको दफा २५४ बमोजिम थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाईएको पनि प्रहरीले जनाएको छ ।
Leave a Reply