Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले पुस २९ गते विश्वासको मत लिने

    प्रधानमन्त्री प्रचण्डले पुस २९ गते विश्वासको मत लिने

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 804
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २९ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन् ।

    बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा पुस २९ गते संसद बैठकबाट विश्वास मत लिने तयारी गरेका हुन् ।



    राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते १ बजेका लागि प्रतिनिधि सभाको पहिलो बैठक आह्वान गरेकी छन् । पुस २९ गते बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकबाट प्रधानमन्त्री दाहालले विश्वासको मत लिने तयारी गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।



    सरकार गठनका क्रममा नेकपा माओवादी केन्द्रलाई नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले समर्थन गरेपछि प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनिसकेका छन्।

    राप्रपाले सरकारमा जाने निर्णय गरिसकेको छ भने जसपाले सरकारलाई समर्थन गरेपनि सहभागिताको विषयमा भने केही निर्णय गरेको छैन ।

    सत्ता साझेदार दलहरुले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्।

    जसमा अर्थमन्त्रीमा विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ, गृहमन्त्रीमा रवि लामिछाने छन्। यस्तै, ज्वालाकुमारी शाह,दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानलाई विनाविभागीय मन्त्री तोकिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार