Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी-२० लिग : फार वेस्टले जनकपुरलाई दियो १७० रनको लक्ष्य

    नेपाल टी-२० लिग : फार वेस्टले जनकपुरलाई दियो १७० रनको लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 585
    SHARES

    काठमाडौं । फार वेस्टर्न युनाइटेडले नेपाल टी-२० लिगमा बिहीबार जनकपुर रोयल्सलाई एक सय ७० रनको लक्ष्य दिएको छ।

    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको फार वेस्टले ६ विकेटको क्षतिमा एक सय ६९ रनको योगफल तयार गरेको हो ।



    फार वेस्टका लागि अन्तिम ओभरमा लगातार तीन छक्का प्रहार गरेका करण केसीले १७ बलमा तीन चौका र चार छक्कासहित अविजित ४६ रन बनाए।



    यस्तै, भीम सार्कीले ३० बलमा अविजित ३६ रनको योगदान गरे। त्यसअघि हस्मतुल्लाह शाहिदी १९ तथा ओपनर देव खनाल २२ रनमा पेभेलियन फर्केका थिए।

    बलिङतर्फ जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक दुई विकेट लिए। यस्तै, सोमपाल कामी र जितेन्द्र मुखियाले एक–एक विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार