Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोबिन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

१०७ प्रदेशसभामा न्यौपाने सबभन्दा जेष्ठ हुन् । नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ को प्रदेश सभा १ बाट निर्वाचित भएका हुन् ।

०७४ मा उनी तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । जसपाबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर विजयी भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077