Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । बलात्कारको अभियोगमा थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेले दिएको पुनरावेदनको निवेदनमाथि बिहीबार सुनुवाइ हुन सकेन।

पाँचौ नम्बरमा रहेको लामिछानेको निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो। काठमाडौं जिल्ला अदालतले बलात्कारको मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। त्यसका विरुद्ध उनले मंसीर २९ गते उच्च अदालत, पाटनमा निवेदन दिएका थिए।

त्यसमाथि आज उच्च अदालतमा सुनुवाइ तोकिएको थियो। उनको निवेदनमाथि न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलाशमा पाँचौं नम्बरमा रहेको थियो।

सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर दुई पटक बलात्कार गरेको आरोप छ।
भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए।

पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077