Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गठबन्धन टुट्नुमा कांग्रेस नेतृत्वको कमजोरी छ : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता तथा सांसद शेखर कोइरालाले अहिलेको सरकारले आर्थिक, राजनीतिक र सामाजिक स्थिरता दिनुपर्ने बताएका छन् ।

विराटनगरस्थित कोइराला निवासमा बिहीबार प्रदेश सांसदहरुसँगको चियापान समारोहमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिलेको सरकारले राम्रो काम गरेर देशलाई अघि बढाएर समृद्धि ल्याउनुका साथै नेपालीहरुको आर्थिक, सामाजिक र राजनीतिक स्थिरता दिओस् भन्ने कामना गर्न चाहन्छु ।’

उनले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले सरकारले अत्यन्तै गम्भीरतापूर्वक अघि बढ्नुको विकल्प नभएको बताए।

उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष दाहालले सुरुमा नै प्रधानमन्त्री बन्न चाहेको विषय पार्टी नेतृत्वलाई जानकारी गराइसको थिएँ, त्यसैले गठबन्धन टुट्नुमा कांग्रेस नेतृत्वको कमजोरी छ ।’

कोइरालाले कांग्रेस नेतृत्वको कमजोरी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कारण गठबन्धनलाई लामो समयसम्म अगाडि बढाउन नसकीएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077