Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • नेपाल टी–२० लिगमा पोखराको लगातार पाँचौँ हार

    नेपाल टी–२० लिगमा पोखराको लगातार पाँचौँ हार

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 894
    SHARES

    काठमाडौं । पोखरा एभेन्जर्सलाई पराजित गर्दै विराटनगरले जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । विराटनगर सुपर किङ्ग्ससँग नेपाल टी २० लिगमा पोखरा एभेन्जर्सले पाँचौँ हार बेहोरेको हो ।

    बुधबार पनि विराटनगरसँगै ६ विकेटले हारेको पोखरा लिगको पाँच खेलमा पनि जितविहीन बनेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेका पोखराले ६ विकेटको क्षतिमा एक सय ३५ रनको योगफल तयार गरेको थियो।



    जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १८.४ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो। विराटनगरका लागि जहिर खान र अमिर हम्जाले एक–एक विकेटबाहेक अन्य बलर विकेट विहीन रहे।



    पहिलो इनिङमा पोखराका लागि हम्जाले २५ बलमा एक चौका र तीन छक्कासहित अविजित इनिङ खेलेका थिए। त्यसबाहेक कप्तान उपुल थरङ्गा २५ र ओपनर सुमित महर्जनले २६ रनको योगदान गरे। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।

    बलिङतर्फ एन्ड्रे मकार्थीले विराटनगरका लागि सर्वाधिक तीन विकेट लिए। यस्तै, नन्दन यादव, राज ननन र साहब आलमले एक–एक विकेट लिए। जारी फ्रेन्चाइज लिगमा विराटनगरले चारमध्ये दुई खेल जितेको छ। पोखरा जितविहीन छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार