Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश पौडेल र पोखरेलको इजलासमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले दायर गरेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ।

बिहीबार पाटन उच्च अदालतका न्यायाधीशद्वय पौडेल र पोखरेलको संयुक्त इजलासमा पुनरावेदनको मुद्दा परेको हो।

यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो।

बालिका बलात्कारको आरोप लागेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

तर लामिछानेले आफू थुना बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनु पर्ने माग गर्दै उच्च अदालत पाटनमा गत मंसिर २९ गते ७३ नम्बरको रिट लिएर गएका थिए ।

काठमाडौं जिल्ला अदालतले दिएको थुनामा पठाउने आदेश वेरितको रहेको भन्दै लामिछानेले दायर गरेको रिटमा बिहीबार सुनुवाइका लागि क्रम सङ्ख्या ५ मा राखिएको छ ।

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतकै आदेश सदर गरेमा लामिछानेले थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने हुन्छ । तर उच्च अदालतले धरौटीमा छाड्ने आदेश गरेमा भने थुनामुक्त रही थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनेछन् ।

सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्‍याएर दुई पटक बलात्कार गरेको आरोप छ।
भदौ ६ गते उनी टी-२० खेल खेल्न केन्या गएका थिए। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077