Online Nepal
  • बुधबार, १० पुष २०८१
  • फ्रेन्च लिग वान : एम्बाप्पेको गोलमा पीएसजीको संघर्षपूर्ण जित, नेइमारलाई रेड कार्ड

    फ्रेन्च लिग वान : एम्बाप्पेको गोलमा पीएसजीको संघर्षपूर्ण जित, नेइमारलाई रेड कार्ड

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 822
    SHARES

    एजेन्सी । फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्टार्सबर्गलाई हराएको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा पीएसजीले २-१ गोलअन्तरको जित निकालेको हो ।

    पीएसजीको जितमा केलियन एम्बाप्पे नायक साबित भए । खेलको १४ औं मिनेटमा पीएसजीले सुरूआती अग्रता बनायो। पीएसजीका लागि नेइमारको सहयोगमा मार्किन्होसले गोल गरेका थिए।



    दोस्रो हाफको ५१ औं मिनेटमा मार्किन्होस आफैंले स्ट्रासबर्गलाई उपहार गोल दिएपछि खेल एक-एक गोलको स्थितिमा पुग्यो। ६२ औं मिनेटमा पीएसजी दश खेलाडीमा झर्‍यो। नेइमार दोहोरो पहेँलो कार्ड पाएर मैदान बाहिरिए।



    निर्धारित समय एक-एक गोलको बराबरीमा भए पनि इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले पीएसजीलाई महत्वपूर्ण तीन अंक दिलाए । तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीले १६ खेलबाट ४४ अंक जोडेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार