Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सभापतिजीले माओवादी र एमालेको चाल बुझ्न सक्नु भएन्, समीक्षा गरेर अगाडि बढ्छौं : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले कांग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको चाल बुझ्न नसक्दा दुर्घटना भएको टिप्पणी गरेका छन् ।

विराटनगर विमानस्थलमा बुधवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले माओवादी र एमालेको चाललाई कांग्रेसले बुझ्न नसकेको बताए ।

‘सभापतिजीले उनीहरूको चाल बुझ्नुभएन तर हामी समीक्षा गरेर अगाडि बढ्छौं,’ उनले भने । चुनावअघि गठबन्धन गर्दा पाटीलाई क्षति पुगेको समेत उनले बताए । साथै उनले कांग्रेसले नीति अधिवेशन गरेर अगाडि बढ्नु अबको आवश्यकता भएको बताए ।

कांग्रेस नेताहरूले विशेष अधिवेशनको माग गरिरहेको बेला कोइरालाले विशेष अधिवेशन बोलाउने प्रक्रिया लामो र झन्झटिलो भएको भन्दै नीति अधिवेशन बोलाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077