Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी–२० लिगमा विराटनगरको पहिलो जित, पोखराको लगातार चौथो हार

    नेपाल टी–२० लिगमा विराटनगरको पहिलो जित, पोखराको लगातार चौथो हार

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । लुम्बिनी अल स्टारले नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई सुपर ओभरमा पराजित गरेको छ ।

    टियु मैदानमा फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो ।



    सुपर ओभरमा लुम्बिनी अल स्टारले पहिले ब्याटिङ गरेको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्था र शाड्ली भान शाल्बिक ब्याटिङमा आएकामा फार वेस्टका लागि करण केसी बलिङमा आएका थिए ।



    १४० रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ४ विकेट गुमाएर भेटायो। विराटनगरको लागि हुसेन तलतले ५० र अर्जुन साउदले २५ रन जोडे। पोखराको लागि कुशल मल्ल र शरद भेषवाकरले २–२ विकेट लिए।

    पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको हो। पहिलो खेलका कारण ढिला सुरु भएको खेललाई १९ ओभरमा निर्धारण गरिएको थियो।

    पोखराको लागि कुशल मल्लले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए। सिद्धान्त लोहनीले २६ र उपुल थरंगाले १९ रन बनाए।

    लुम्बिनी ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । काठमाडौं ३ खेलमा २ मा जित र १ मा हार सहित ६ अंकका साथ दोस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार