Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सरकार बिस्तारबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

    सरकार बिस्तारबारे प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 648
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रदेश सरकारको भागबन्डाबारे छलफल भएको छ ।

    बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा ओली र दाहालबीच सरकारको भागबन्डाबारे छलफल भएको हो । प्रचण्डसँगको भेटपछि निस्किएका ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको बताए ।



    साढे २ घण्टा भेटवार्तापछि खुमलटारबाट प्रचण्ड बाहिरिएका छन्। नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिर ल्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओलीको दौडधुप बढेको छ ।



    भेटवार्ताका क्रममा दुई नेताबीच केन्द्र सरकारका साथै प्रदेश सरकार कसरी बनाउने भन्ने विषयमा छलफल भएको जनाईएको छ । नयाँ समीकरणपछि सातै प्रदेशमा सात दलीय गठबन्धनको सरकार बन्ने देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार